कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

मनोज बडू

दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । धामी ४ हजार ३४ मत ल्याएर विजयी भएका हुन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरेन्द्रसिंह धामीले ३ हजार ३ सय २२ मत ल्याउनुभयो ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी ३ हजार ५ सय ६६ मत विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गौमती भट्टले तीन हजार ३ सय २२ मत ल्याएकी छिन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?