१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका धामी विजयी

तृप्ति शाही

बैतडी — बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरिसिंह धामी विजयी भएका छन् । धामी ३ हजार ४ सय ४९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जस्वीर सिंह बोहराले १ हजार ८ सय मत प्राप्त गरे । धामीले गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै पालिकाको अध्यक्षमा जितेका थिए ।

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका धामी विजयी

यस्तै सिगास गाउँपालिकाको उपाध्यक्षमा भने एमालेले जितेको छ । एमालेकी धाना धामीले २९ सय ३९ मतसहित जित हासिल गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६ सय ९६ मत प्राप्त गरेकी छन् ।

९ वटा वडा रहेको सिगास गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका रामचन्द्र ऐरीले जितेका छन् । वडा नम्बर २ मा एमालेका ठगेन्द्र ऐरले जितेका छन् भने वडा नम्बर ३ मा कांग्रेसका अमर सिंह धामीले जितेका छन् । यस्तै वडा नम्बर ४ मा कांग्रेसका हरी सिंह बोहरा विजयी भएका छन् । वडा नम्बर ५ मा एमालेका राजेन्द्रबहादुर चन्दले जित हासिल गरेका छन् ।

यस्तै सिगास गाउपालिका ६ मा कांग्रेसका तेजबहादुर साउदले जितेका छन् भने वडा नम्बर ७ मा कांग्रेसकै कर्णबहादुर साउद विजयी भएका छन् । वडा नम्बर ८ मा एमालेका केशव बोहराले जितेका छन् भने वडा नम्बर ९ मा कांग्रेसका कृष्ण धामी विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?