कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी

मनाेज बडु

दार्चुला — दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका विजयसिंह धामी ४ हजार ५ सय ४४ मतका साथ विजयी भएका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९ सय ८ मत प्राप्त गरेका हुन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकै शान्ति खडायत विजयी भएकी छन् । उनले ४ हजार ६ सय ३५ मत ल्याउँदै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी राजमती बमले ३ हजार ८ सय ५० मत प्राप्त गरिन् ।

२०७४ काे चुनावमा निर्वाचित प्रमुख अमर र उपप्रमुख राजमतिलाई हराउँदै एमालेका मेयर र उपमेयर जित्न सफल भएका छन् । नगरपालिका ९ वडामध्ये वडा नम्बर ६ बाहेक सबै वडामा एमाले विजयी भएको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?