कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा वालेन्द्रको निरन्तरता अग्रता

काठमाडौँ — काठमाडौं महानगपालिकाको जारी मत गणनामा मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले ६ हजार ८ सय ९३ मत ल्याएर नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरूलाई पछि पारेका छन् ।

काठमाडौंमा वालेन्द्रको निरन्तरता अग्रता

एमालेका केशव स्थापितले ३ हजार ६ सय ४४ मत ल्याएर साहलाई पछ्याइरहेका छन् । यस्तै, कांग्रेसकी गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार सिर्जना सिंहले ३ हजार २०८ ल्याएकी छन् ।

हालसम्मको मत परिणामअनुसार साहले मेयर पदमा ल्याएको मत कांग्रेस र एमालेले ल्याएको कुल मतभन्दा बढी देखिएको छ । स्थापित र सिंहको मत जोड्दा ६ हजार ८ सय ५२ छ । यो मत साह एक्लैले ल्याएको मतभन्दा ४१ मतले कम हो ।

प्रकाशित : जेष्ठ २, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?