कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

१ मत बढी भेटिएपछि मध्यबिन्दु नगरपालिकाको गणना रोकियो

नारायण शर्मा

पूर्वी नवलपरासी — नवलपरासीको मध्यबिन्दु नगरपालिकामा मतदाता संख्याभन्दा बढी मत भेटिएको भन्दै कांग्रेसका प्रतिनिधिले विरोध जनाएपछि मतगणना रोकिएको छ । वडा नम्बर १३ को मतपेटिकामा एक भोट बढी भेटिएपछि नेपाली कांग्रेसले असहमति जनाउँदै भोट गणना रोकेको हो ।

१ मत बढी भेटिएपछि मध्यबिन्दु नगरपालिकाको गणना रोकियो

विवादपछि सोमबार बिहान १० बजेबाट गणना रोकिएको हो । १३ सय ५७ मत खसेको वडा नम्बर १३ मा मतपेटिकामा १ मत बढी भेटिएपछि विवाद भएको थियो। मतदान सम्पन्न भएको दिनमा गरिएको सार्वजनिक मुचुल्कामा १३ सय ५७ मत देखिएको तर बाकसमा एक भोट बढी भेटिएपछि कांग्रेसले असहमति जनाएको हो ।

आइतबार मतगणना हुँदा वडा नम्बर १४ मा पनि कागजातमा उल्लेख भएको भन्दा मतपेटिकामा १० मत कम भेटिएको थियो । यस क्रममा कर्मचारीको लापरबाही भएको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मुचुल्कामा भन्दा बढी मत भेटिएपछि दलहरुले बहिस्कार गर्दै मतगणनास्थलबाट दलका प्रतिनिधि बाहिर निस्किएका छन् । अहिले गणना रोकिएको छ । निर्वाचन कार्यालयले नेपाली कांग्रेसले बहिस्कार गरेका कारण मतगणना रोकिएको जानकारी दियो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?