भक्तपुरमा नेमकिपाका प्रजापति र जोशी निर्वाचित

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको हो ।

भक्तपुरमा नेमकिपाका प्रजापति र जोशी निर्वाचित

मेयर उम्मेदवार प्रजापतिले २९ हजार २५२ मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ७५९ मत पाएकी छिन् ।

मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४०७, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ८४१ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ९८८ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?