कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको माथागढी गाउँपालिकामा एमालेका चिदीमगर र लुङ्चे निर्वाचित

माधव अर्याल

पाल्पा — माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी मगर र उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएका छन् । दुवै जना पूर्वस्वास्थ्यकर्मी  हुन् । अध्यक्षमा निर्वाचित मगरले ६ हजार १ सय ९ मत पाए भने नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । 

पाल्पाको माथागढी गाउँपालिकामा एमालेका चिदीमगर र लुङ्चे निर्वाचित

उपाध्यक्षमा निर्वाचित लुङ्चेले ५ हजार ८ सय ८२ मत पाइन् भने कांग्रेसकी विजया भट्टराईले ५ हजार ६ सय ४४ मत पाइन् ।

यहाँ विगतमा कांग्रेसले क्लिन स्वीप गरेको थियो । त्यहीकारण यहाँ कांग्रेसले गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?