बाजुराको गौमुल गाउँपालिकामा एमालेको प्यानलै विजयी

अर्जुन शाह

बाजुरा — बाजुराको गौमुल गाउँपालिकामा वडादेखि पालिकासम्म सबैमा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका छन् । ०७४ को निर्वाचनमा पनि उनीहरू दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा जितेका थिए । 

बाजुराको गौमुल गाउँपालिकामा एमालेको प्यानलै विजयी

अध्यक्ष पदमा रोकायाले कांग्रेसका हिरेन्द्र रोकायालाई पराजित गरेका हुन् । वडाध्यक्षमा निर्वाचित रोकायाले ३ हजार ४३४ मत प्राप्त गर्दा हिरेन्द्र रोकायाले एक ४७० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा सीता रोकायाले ३ हजार १९४ मत प्राप्त गर्दा कांग्रेसकी उमादेवी रोकायाले एक हजार ७ सय ४४ मत प्राप्त गरेकी छन् ।

एमालेको गढ मानिने गौमुलमा ६ वटा वडा छन् । ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले एउटा वडाध्यक्ष जितेको भए पनि यो निर्वाचनमा भने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित पालिकाभरका ३२ वटै प्रतिनिधि एमालेले जितेको छ । वडाध्यक्षमा क्रमशः देवबहादुर रोकाया (देवेन्द्र), देवबहादुर रोकाया, गोरख बोहरा, अमर विक, कलकबहादुर सिंह र वडा नं. ६ मा प्रकाशबहादुर रोकाया विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?