१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ललितपुरका १२ वडामा कांग्रेस, २/२ वडामा माओवादी र एमाले‍ विजयी

ललितपुर — जिल्लामा १२ वटा वडामा नेपाली कांग्रेसबाट उम्मेदवारले वडाध्यक्ष जितेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारले २/२ वडा जितेका छन् । यसैगरी ललितपुर महानगर १ मा  स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकारले जित हात परेका छन् ।

ललितपुरका १२ वडामा कांग्रेस, २/२ वडामा माओवादी र एमाले‍ विजयी

गोदावरी नगरपालिकाको १, २, ४ र ५ वडामा क्रमशः राज थापा, मनोहर सिलवाल, सानुभाइ नगरकोटी र मिलन सिलवालले जितेका हुन् । ३ नम्बरमा भने माओवादी केन्द्रमा राज घिमिरे निर्वाचित भएका छन् । महालक्ष्मी नगरपालिका १ मा एमालेका छिरिङ लामा, बागमती गाउँपालिकाको १, २ र ३ मा कांग्रेसले जित हात पारेको छ ।

यसैगरी कोन्ज्योसोम गाउँपालिका १ मा माओवादी केन्द्र, २ मा एमाले, ३ र ४ मा कांग्रेसले जितेका छन् । महांकालको ४, ५ र ६ मा कांग्रेसले जितेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?