भरतपुरमा ११ हजार मत गन्दा एमालेका सुवेदी ५० मतले अगाडि

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहेकी छिन् । जारी मतगणनाको सुरुवातदेखि नै सवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

भरतपुरमा ११ हजार मत गन्दा एमालेका सुवेदी ५० मतले अगाडि

सोमबार विहानसम्म ११ हजार ३२८ मत गणना हुँदा एमालेका सुवेदीले ५० मतको अग्रता बनाएका छन् । सुवेदीले तीन हजार ९४४ मत ल्याएका छन् भने दाहालले तीन हजार ८९४ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले एक हजार ५७२ मत पाएका छन् ।

उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार चित्रसेन अधिकारीको चार हजार ४७६ मत आएको छ । राप्रपाकी हिमला गुरुङको तीन हजार ७० मत आएको छ ।

भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल छ भने एमालेले राप्रपासँग तालमेल गरेको छ । अहिलेसम्म वडा नं. १, २ र ३ को मतगणना भइसकेको छ ।

वडा नं. १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नंं ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अब वडा नं. ४ को मतगणना सुरू भएको छ । यहाँका २९ वडामा एक लाख २७ हजार मत खसेको छ ।


प्रकाशित : जेष्ठ २, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?