कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सत्यवती गाउँपालिकामा एमालेका पाण्डे विजयी 

गगनशिला खड्का

गुल्मी — गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा टिकाराम पाण्डे र उपाध्यक्षमा एमालेकै निरमाया तरामु विजयी भएका हुन् । कांग्रेस, माओवादी, राष्ट्रिय जमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका पाण्डेय विजयी भएका हुन् । पाण्डे ६ सय ५६ मतान्तर र उपाध्यक्षमा तरामु ६ सय ६३ मतान्तरले विजयी भएका हुन्। 

सत्यवती गाउँपालिकामा एमालेका पाण्डे विजयी 

पाण्डेले ६ हजार २६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा तरामु ६ हजार २ सय ३४ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज कुमारी थापाले ५ हजार ५ सय ४१ मत ल्याएकी छन् । सत्यवतीमा वडाध्यक्षहरुमा पनि एमालेको बहुमत छ । ५ वडा एमालेले जितेको छ भने गठबन्धनले ३ वडा जितेको छ ।


प्रकाशित : जेष्ठ २, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?