कृष्णपुर नगरपालिकाको मतगणना अवरुद्ध

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणनाका क्रममा विवाद भएपछि अवरुद्ध भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ को मतपरिणाम सार्वजनिक भएपछि विवाद भएको हो । 

कृष्णपुर नगरपालिकाको मतगणना अवरुद्ध

कृष्णपुर वडा नम्बर ९ मा १ हजार ९ सय १४ मत गणना भएको नतिजा सार्वजनिक गरिएपछि विवाद भएको हो । नतिजा 'ट्याली' गर्दा प्राविधिक कमजोरी भएको हुन सक्ने निर्वाचन अधिकृत नरेन्द्र बुढाले जानकारी दिए ।

कृष्णपुरमा हालसम्म २ हजार ६४ मत गणना भएको बुढाले बताए । मतगणनामा देखिएको विवादबारे दलहरूबीच छलफल भइरहेको छ ।


प्रकाशित : जेष्ठ २, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?