कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई विजयी

डम्बरसिं राई

खोटाङ — केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई विजयी भएका छन् । उनले दुई हजार दुई सय ४४ मत ल्याएर विजयी भएका हुन् ।

खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई विजयी

राईका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका माइतीराज राईले एक हजार ८ सय आठ मत ल्याएका छन् । एमालेका कृष्णकुमार राईले एक हजार सात सय ४४ मत ल्याएका छन् ।

उपाध्यक्षमा जनता समाजवादी पार्टीका गुरुराज राई निर्वाचित भएका छन् । उनले एक हजार ९ सय ८३ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी राधा गिरीले एक हजार सात सय ४५ मत ल्याइन् । एमालेकी मैया सुनुवारले एक हजार सात सय ६१ मत ल्याएकी छन् ।

उक्त पालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चुनावी गठबन्धन भएको थियो । कांग्रेस, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा भएको हो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?