साँगुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँगुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् ।

उनले ५ हजार ३ सय ९९ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । राईले नेकपा एमालेका उम्मेदवार कुमारजंग याखालाई ५ सय ७१ मतान्तरमा पराजित गरेका हुन् । याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार मुना राई विजयी भएकी छन् । उनले ४ हजार ६ सय ५० मत प्राप्त गरिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार लिलाराज लावतीले ४ हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभाको सिलिचाेङ गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

दिपेन्द्र शाक्य

सङ्खुवासभा — सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका देवीता कुलुङ राई विजयी भइन् । उनले २ हजार ७५ मत ल्याइन् ।

अध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका याेगेन्द्र राईले २ हजार ९ मत ल्याए । उपाध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीकुमारी राईले १ हजार ७ सय ७० मत ल्याइन् ।

२०७४ मा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×