कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका चेम्जोङ विजयी

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेद्वार राजकुमार चेम्जोङ विजयी भएका छन् ।

चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका चेम्जोङ विजयी

उनले ५ हजार ३८ मत प्राप्त गरी जीत हात पारेका हुन् । चेम्जोङले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरलाई १ हजार ४७ मतान्तरमा पराजित गरेका हुन् । मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा पनि एमाले कै टंकमाया पाङ्मी मगर विजयी भएकी छन् । उनले ४ हजार ९ सय ८३ मत प्राप्त गरिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार मंगलकुमार लिम्बूले ३ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?