कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन विजयी

वसन्तप्रताप सिंह

बझाङ — बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा हर्कबहादुर धामीसहित ६ वडामा गठबन्धन विजयी भएको हो ।

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन विजयी

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले ३ हजार ८३ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले २ हजार ३ सय ३७ मत प्राप्त गरे ।

अध्यक्ष पदका राप्रपाका उम्मेद्वार हिरेन्द्र नेपाली भने पालिकाभरबाट जम्मा ६ मतमा सिमित बने । बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्कराज धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४ सय ८७ मतले पछि पार्दै विजयी बने । हर्कराजले २ हजार ८ सय १७ मत प्राप्त गर्दा शर्मीलाले २ हजार ३ सय ३० मत पाएकी छन् ।

७ वडा रहेको यस गाउँपालिकामा गठबन्धनले ६ वटा वडा जितेको छ । एक वडामा नेकपा एमालेले एक वडामा मात्रै जीत हात पारेको छ । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका रामचन्द्र रोकायाको प्यानल विजयी भएको छ । वडा नम्बर २ मा नेपाली कांग्रेस का प्रकाश खड्का, वडा नम्बर ३ मा एकीकृत समाजवादीका धर्मराज धामी र वडा नम्बर ४ मा कांग्रेसका उत्तम जोशी विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ५ मा कांग्रेसका सुधन बोहरा, नम्बर ६ मा माओवादी केन्द्र शिवराज बोहरा र वडा नम्बर ७ मा नेकपा एमालेका धनबहादुर जेठारा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?