सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत निर्वाचित

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य बस्नेत पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत निर्वाचित

उनले १ हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाश कार्कीले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्काले १ हजार ३ सय ५३ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अन्जु नाछिरिङ विजयी भएकी छन् । उनले १ हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाएकी छन् ।

५ वटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा कांग्रेस र २ वडामा एमालेले जित हासिल गरेको छ । वडा नम्बर १ मा कांग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा नेपाली कांग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा कांग्रेसकै दिप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?