कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मेरिङदेनमा गठबन्धनका हांगाम विजयी 

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका युक हांवीर हांगाम अध्यक्षमा विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)  का दुर्गाप्रसाद श्रेङचोङवाङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

मेरिङदेनमा गठबन्धनका हांगाम विजयी 

कांग्रेसका हांगामले २ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत प्राप्त गरेका थिए । यहाँ काग्रेस र नेकपा (एस)बीच चुनावी तालमेल भएको थियो । हांगाम कांग्रेस जिल्ला कार्यसमितिका सचिव पनि हुन् । नेविसंघ जिल्ला अध्यक्ष हुँदै राजनीतिमा लागेका उनी जिल्ला सचिवसँगै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका चोङवाङले २ हजार ५ सय ९८ मत प्राप्त गरेका थिए । चोङवाङले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पालाई पराजित गरेका हुन् । दावाछिरिङले १ हजार ६ सय ५७ मत प्राप्त गरेका थिए । उनी माओवादीबाट विद्रोह गरेर स्वतन्त्रवाट उम्मेदवार बनेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?