अर्घाखाँची पाणिनि गाउँपालिकामा एमालेका न्यौपाने र पौडेल विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँची पाणिनि गाउँपालिकामा एमालेका न्यौपाने र पौडेल विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँची– ५ दलीय गठबन्धनलाई पराजित गर्दै पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

कांग्रेसका अच्युत गौतमलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन् । न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याए भने गौतमले ७ हजार २८ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन । पौडेलले ७ हजार ६ सय ६१ र गौतमले ७ हजार ३८ मत ल्याइन ।

२०७४ को स्थानीय तह निर्वाचनमा पाणिनि गाउँपालिका अध्यक्षमा अच्युतले कांग्रेसबाट एक्लै जितेका थिए । पुनः दोहोरिन माओवादी, राजमो, जसपा र एकीकृत समाजवादीको साथमा चुनावी मैदानमा भिडेका थिए । उनी कांग्रेस जिल्ला सचिव हुन् ।

२०७४ मा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन ।

प्रकाशित : जेष्ठ २, २०७९ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्

रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मतले पछ्याएका थिए । भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मतसहित विजयी भएकी छन् । उनलाई एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २ सय ४५ मतले पछ्याएकी थिइन् । रघुगंगा गाउँपालिका ८ वडामध्ये ७ वडामा अग्रता लिएकी पछि रहेकी पुनले ८ वडामा पुगेपछि अग्रता लिँदै विजय हात पारेकी थिइन् ।

त्यस्तै, वडाध्यक्षहरुमा वडानम्बर १ बेगमा वीलप्रसाद फगामी, ४ दग्नाममा पविन गर्वुजा, ५ झिंमा मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा मनकुमार शेरपुञ्जा र ८ कुईनेमंगलेमा गमान छन्त्यालको प्यानलै कांग्रेसले जीतेको छ ।

०७४ सालमा रघुगंगा गाउँपालिकामा क्लिनस्वीप पाएको एमालेले यस पटक भने तीन वडामा जीत निकालेको छ । रघुगंगाका ८ वडामध्ये एमालेले २ मा अमित भण्डारी, ३ मा खिमबहादुर शाही, ७ मा थकबहादुर (रीम) पाईजाको नेतृत्वमा प्यानल जीतेको छ । पालिका अध्यक्ष, उपाध्यक्षमा धेरै मत सुधार गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ ०६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×