रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मतले पछ्याएका थिए । भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मतसहित विजयी भएकी छन् । उनलाई एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २ सय ४५ मतले पछ्याएकी थिइन् । रघुगंगा गाउँपालिका ८ वडामध्ये ७ वडामा अग्रता लिएकी पछि रहेकी पुनले ८ वडामा पुगेपछि अग्रता लिँदै विजय हात पारेकी थिइन् ।

त्यस्तै, वडाध्यक्षहरुमा वडानम्बर १ बेगमा वीलप्रसाद फगामी, ४ दग्नाममा पविन गर्वुजा, ५ झिंमा मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा मनकुमार शेरपुञ्जा र ८ कुईनेमंगलेमा गमान छन्त्यालको प्यानलै कांग्रेसले जीतेको छ ।

०७४ सालमा रघुगंगा गाउँपालिकामा क्लिनस्वीप पाएको एमालेले यस पटक भने तीन वडामा जीत निकालेको छ । रघुगंगाका ८ वडामध्ये एमालेले २ मा अमित भण्डारी, ३ मा खिमबहादुर शाही, ७ मा थकबहादुर (रीम) पाईजाको नेतृत्वमा प्यानल जीतेको छ । पालिका अध्यक्ष, उपाध्यक्षमा धेरै मत सुधार गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाको तिनाउमा एमालेका श्रेष्ठ विजयी

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यसपटक गठबन्धनबाट उम्मेदवारी दिएपनि कांग्रेसभित्रको असन्तुष्टहरुलाई मिलाउन सकेका थिएनन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पालिकाका कांग्रेस सभापति प्रेम पाण्डेयसहित सबै पदाधिकारी, वडा सभापति लगायतले राजीनामा बुझाएका थिए ।

तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेसका हुन् । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×