पाल्पाको तिनाउमा एमालेका श्रेष्ठ विजयी

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।

पाल्पाको तिनाउमा एमालेका श्रेष्ठ विजयी

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यसपटक गठबन्धनबाट उम्मेदवारी दिएपनि कांग्रेसभित्रको असन्तुष्टहरुलाई मिलाउन सकेका थिएनन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पालिकाका कांग्रेस सभापति प्रेम पाण्डेयसहित सबै पदाधिकारी, वडा सभापति लगायतले राजीनामा बुझाएका थिए ।

तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेसका हुन् । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?