कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गुल्मीको चन्द्रकोटमा माओवादीका केसी विजयी

घनश्याम गौतम

रूपन्देही — गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । 

गुल्मीको चन्द्रकोटमा माओवादीका केसी विजयी

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले ५ हजार १६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लोकनाथ भुसालले बताए । यसैगरी एमालेकी राधिका अर्यालले ३ हजार ८ सय १६ मत ल्याएकी छन् । अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा उपाध्यक्ष निर्वाचित हुन् । चन्द्रकोट गाउँपालिकामा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

आठ वडा रहेको चन्द्रकोट गाउँपालिकामा चार वडा नेपाली कांग्रेस, दुई वडा नेकपा एमाले, एक वडा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?