सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित

भानुभक्त निरौला

सोलुखुम्बु — थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका छन् । यहाँ ९ हजार ७ सय ८८ मत खसेको थियो । राईले गाउँपालिका अध्यक्षमा करिब ५ सय  मतान्तरसहित जितेका हुन् । उनले ४ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाए । एमालेका आङबाबु राई १ हजार ६ सय १ मतमा समेटिए ।

त्यस्तै, उपाध्यक्ष पदमा सविताले करिब ३ सय मतान्तरले निर्वाचित भइन् । उनले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३ हजार ५ सय २३ मत ल्याइन् ।

एमालेकी कल्पना गिरी १ हजार ७ सय ४६ मत पाइन् । उनीहरु दुवै दोस्रो पटक थुलुङ दुधकोशीको नेतृत्वमा दोहोरिएका छन् । विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन् ।

पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ । वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाअध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी

मनोज बडू

दार्चुला — दार्चुलाको मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जमनसिंह धामी अध्यक्षमा निर्वाचित भएका छन् । 

मतगणनाको अन्तिम परिणामअनुसार धामीले ३ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवसिंह महर ३ हजार ८४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन् । सिंहले ३ हजार २ सय २३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी राजु धामीले २ हजार ८ सय ५३ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ २०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×