काठमाडौं-१ को वडाध्यक्षमा एमालेका श्रेष्ठ विजयी

मधु शाही

काठमाडौँ — स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले मेयरमा अग्रता कायम गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौं-१ को वडाध्यक्षमा एमालेका श्रेष्ठ विजयी

निवर्तमान वडाध्यक्ष श्रेष्ठले ६ सय २२ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णलाल श्रेष्ठले ५ सय ९८ मत प्राप्त छन् । महिला सदस्यमा एमालेकी रशल तण्डुकारले ७ सय ८५ मत प्राप्त गरेकी छन् ।

यसैगरी दलित महिला सदस्यमा ७७५ मतका साथ मिना सुनार विजयी भएकी छन् । खुला सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ ६ सय ८१ र शुभरत्न खड्गी ६६२ मतका साथ विजयी भएका छन् ।

शुक्रबार भएको चुनावमा वडा नम्बर १ मा २३ सय १८ मत खसेको थियो‚ जसमध्ये मेयरमा साहले ७ सय ८३ र कांग्रेसकी सिर्जना सिंहले ४ सय ५१ मत र एमालेका केशव स्थापितले ३६५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?