३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी

मनोज बडू

दार्चुला — दार्चुलाको मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जमनसिंह धामी अध्यक्षमा निर्वाचित भएका छन् । 

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी

मतगणनाको अन्तिम परिणामअनुसार धामीले ३ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवसिंह महर ३ हजार ८४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन् । सिंहले ३ हजार २ सय २३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी राजु धामीले २ हजार ८ सय ५३ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?