कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ललितपुरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ — ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् ।

ललितपुरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

महर्जनले ९८४ मत प्राप्त गर्दा ब्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेले निरन्तर अग्रता बनाएको छ । यहाँ उपमेयरमा कांग्रेसको उम्मेदवार छैन । गठबन्धनमा तालमेल गर्दा कांग्रेसले नेकपा माओवादी केन्द्रकी बाबुराजा बज्राचार्यलाई सघाएको थियो ।

तर, मेयरमा चिरिबाबुले अग्रता लिएपनि उपमेयरमा भने बाबुराजालाई ३४० मतमात्रै मिलेको छ । जबकि एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य ५०९ मतसहित अगाडि छिन् । उपमेयरमा राप्रपाकी स्वर्णिमा शाक्यले १८१ मत पाएकी छिन् ।


प्रकाशित : जेष्ठ १, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?