कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलेबासका दुई वडामा दुई र तीन मतले हारजित

अगन्धर तिवारी

पर्वत — पर्वतको फलेबास नगरपालिकाका दुई वडाहरूमा झिनो मतले हारजित भएको छ । हालसम्म तीन वडाको नतिजा सार्वजनिक भएकोमा दुईवटा वडामा अध्यक्षको हारजित झिनो मतान्तरले भएको छ ।

फलेबासका दुई वडामा दुई र तीन मतले हारजित

दिउँसो करिब ३ बजे सम्पन्न फलेबास–२ थापाठानाको वडाध्यक्षमा कांग्रेसका पूर्णबहादुर भण्डारीलाई दुई मतले पछि पार्दै एमालेका गंगानारायण श्रेष्ठ विजयी भए । श्रेष्ठ ८६२ मत ल्याएर विजयी हुँदा भण्डारीले ८६० मत ल्याएका छन् ।

फलेबासकै वडा नम्बर १ कार्कीनेटामा नेकपा एमालेका दीर्घनारायण शर्मालाई तीन मतले पछि पार्दै नेपाली कांग्रेसका चोलाकान्त पाध्या विजयी भए । पाध्याले ६१० मत ल्याएर विजयी हुँदा शर्माले ६०७ मत ल्याएका छन् । कार्कीनेटा संस्थापक नगरप्रमुख पदमपाणी शर्माको वडा हो । यसअघि फराकिलो मतान्तरले एमाले बिजयी भएको थियो । आफ्नै वडामा संस्थापक नगरप्रमुख शर्माले हार व्यहोर्नुपरेको हो ।

यसैबीच पर्वतका १४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले १२ र नेपाली कांग्रेस दुई वडामा विजयी भएका छन् । जलजलाको १, २, ३, ४, फलेबासको ११, २, पैयुंको २, ३ बिहादीको १, मोदीको १, महाशिलाको १, २, वडामा एमालेका उम्मेदवार विजयी भए ।

फलेबास १ र पैयुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । पालिकामध्ये जलजला, मोदी, फलेबास, पैयुं र महाशिलामा नेकपा एमालेका उम्मेदवार अगाडि छन् । कुश्मा नगरपालिका र बिहादी गाउँपालिकामा कांग्रेसका उम्मेदवारको अग्रता छ ।

प्रकाशित : जेष्ठ १, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?