१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अपीहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित

६ वटै वडामा गठबन्धन उम्मेद्वार विजयी
मनाेज बडु

दार्चुला — दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो ।

अपीहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित

मतगणना परिणामअनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए ।

उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् ।

त्यस्तै, गाउँपालिकाका ६ वटै वडाहरूमा नेकपा एमालेका उम्मेद्वारहरूलाई पराजित गर्दै गठबन्धन दल विजयी भएका छन् । १ नम्बर वडामा गठबन्धन दल कांग्रेसका पाेखरसिंह लाेथ्याल, २ मा कांग्रेसकै रामसिह धामी, ३ मा कांग्रेसका गगनसिंह कार्की, ४ मा माओवादिका रविन्द्रसिंह जागरि, ५ मा माओवादीका राजेन्द्रसिंह धामी र ६ मा माओवादिकै धर्मसिंह धामी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रकाशित : जेष्ठ १, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?