कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तातोपानी गाउँपालिकामा विवादपछि मतगणना अवरुद्ध

एलपी देवकोटा

जुम्ला — जिल्लाको तातोपानी गाउँपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई मतगणनास्थलमा ढुंगामुढा भएपछि मतगणना अवरुद्ध भएको हो । 

तातोपानी गाउँपालिकामा विवादपछि मतगणना अवरुद्ध

तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा बाहिरिएसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगामुढा गरेको कांग्रेसको आरोप छ ।

तातोपानी वडा नम्बर ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका गोकर्ण रावल विजयी भएपछि विवाद भएको हो । उक्त वडामा रावलले ४ सय ३३ मत ल्याएर विजयी हुँदा माओवादीका उम्मेदवार डिल्ली रावलले ३ सय ६४ मत ल्याएका थिए ।

दुई पक्षबीचको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने तयारी भएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताइन् । 'झडपको खबर प्राप्त हुनासाथ थप सुरक्षाकर्मी त्यसतर्फ पठाएका छौं,' उनले भनिन्, 'मतगणना स्थल बाहिर ढुंगामुढा भए पनि मतपेटिका भने सुरक्षित छन् । अहिले मतगणना रोकिएको छ ।'

प्रकाशित : जेष्ठ १, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?