कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आठराई त्रिवेणी गाउँपालिकामा चार घण्टादेखि मतगणना अवरुद्ध

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकामा झण्डै चार घण्टादेखि मतगणना कार्य अवरुद्ध भएको छ । मतपत्रमा स्वस्तिक छापको मसी लत्पत्तिएको र छाप कोठाभन्दा बाहिर छोएको देखिएको विषयमा विवाद भएको हो । 

आठराई त्रिवेणी गाउँपालिकामा चार घण्टादेखि मतगणना अवरुद्ध

वडा नम्बर ३ हाङपाङको मतगणना सुरु भएर एक सय मत गणना गर्ने क्रममा विवाद भएको हो । विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकले पनि निकास निकाल्न सकेका छैनन् । बैठक बिना निष्कर्ष सकिएको पर्यवेक्षकको रूपमा खटिएका खड्गविक्रम सुवेदीले बताए ।

पा“च वटा वडा रहेको यो गाउँपालिकाको वडा नम्बर ४ र ५ को मात्रै गणना सकिएको छ । वडा नम्बर ४ मा एमालेको प्यानल विजयी भएको छ भने ५ मा कांग्रेस माओवादीको गठबन्धन विजयी भएको छ । ५ मा माओवादीका वडा अध्यक्ष विजयी भएका छन् ।

दुई वडाको मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका दिपेन पोमु ७ सय ४१ मतकासाथ अगाडि छन् भने गठबन्धनका विश्वनाथ सिटौला ३ मत कम ल्याएर पछ्याइरहेका छन् । उनले ७ सय ३८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका शान्ताकुमारी आङवोहाङले ७ सय १५ मत प्राप्त गरेकी छन् भने गठबन्धन तर्फका माओवादीका प्रजिन हाङवाङले ६ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?