लमजुङका १५ वडामा मतगणना सकियो, एक वडामा स्वतन्‍त्र विजयी

८ वटा वडामा एमाले, कांग्रेस ४ र माओवादी केन्द्र २ वडामा विजयी
आश गुरुङ

लमजुङ — सत्ता गठबन्धनलाई हराउँदै लमजुङका वडाहरुमा नेकपा एमालेले अग्रता लिएको छ । सत्ता गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार समेत वडाअध्यक्षमा विजयी भएका छन् ।

लमजुङका १५ वडामा मतगणना सकियो, एक वडामा स्वतन्‍त्र विजयी

कूल ७५ वडामध्ये १५ वडाको मतगणना सकिएकोमा एमालेले ८ वडामा जित हासिल गरेको छ । लमजुङको ४ नगरपालिका र ४ गाउँपालिकामा सत्ता गठबन्धनको नेतृत्व दल कांग्रेसले ४ वडा जितेको छ । माओवादी केन्द्रले २ वडा जितेको छ । स्वतन्त्रले एउटा वडा जितेका छन् । लमजुङमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ ।

दूधपोखरी गाउँपालिका ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङले २ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । निकटत प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याएर पराजित भएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर गुरुङले ८१ मत ल्याएका छन् ।

बेंसीसहर नगरपालिका १ मा एमालेका दुर्गाबहादुर बुढाथोकी २ मतले विजयी बनेका छन् । उनले ७ सय १९ मत ल्याए । प्रतिद्वन्द्वी कांग्रेसका गौबहादुर गुरुङले ७ सय १७ मत ल्याएका छन् ।

सुन्दरबजार नगरपालिका १ मा एमालेका कर्णबहादुर गुरुङ ४ सय ४६ मत बटुलेर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सन्तोषी गौलीले ३ सय ५५ मत ल्याएकी छन् । सुन्दरबजार नगरपालिका २ मा एमालेकै नवीनकुमार श्रेष्ठ ८ सय ८१ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी श्रेष्ठले ५ सय ४६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी राप्रपाका विष्णु खड्काले ९१ मत ल्याएका छन् ।

मध्यनेपाल नगरपालिका १ मा एमालेका सुदीप थापा वडाअध्यक्षमा विजयी भए । उनले ६ सय ८१ मत ल्याए । प्रतिद्वन्द्वी कांग्रेसका विजय पौडेलले ६ सय ४ मत ल्याए । राइनास नगरपालिका २ मा एमालेका लक्ष्मण शाहीले ३ सय ८८ मत ल्याएर वडाअध्यक्षमा जिते । उनका प्रतिद्वन्द्वी कांग्रेसका नवराज गुरुङले ३ सय ६३ मत ल्याए ।

क्व्होलासोंथर गाउँपालिका १ मा एमालेका पेमा गुरुङ २ सय ८९ मत ल्याएर वडाअध्यक्षमा विजयी बनेका छन् । प्रतिद्वन्द्वी कांग्रेसका भूपाल गुरुङले २ सय २३ मत प्राप्त गरे । मर्स्याङ्दी गाउँपालिका १ मा एमालेका रुद्रमान गुरुङ ४ सय २२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत पाए । दोर्दी गाउँपालिका २ मा एमालेका गणेशबहादुर खत्रीले ३ सय ९९ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भए । स्थानीय चुनाव २०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा उक्त वडा पराजित भएको थियो । अहिले पराजित कांग्रेसका गोविन्द अधिकारीले ३ सय ४८ मत ल्याएका छन् ।

कांग्रेसका तर्फबाट सुन्दरबजार नगरपालिका ३ का उम्मेदवार अमृत न्यौपानेले ७ सय ४६ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद अधिकारीले २ सय ६१ मत पाएका छन् । मध्यनेपाल नगरपालिका १० मा कांग्रेसका रामचन्द्र भण्डारी विजयी भएका छन् । उनले ६ सय ५७ मत ल्याउँदा प्रतिद्वन्दी एमालेका दीपक दुराले ४ सय ८४ मत पाएका छन् ।

दोर्दी गाउँपालिका १ मा कांग्रेस उम्मेदवार लक्ष्मीप्रसाद अधिकारीले ६ सय ८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी एमालेका इन्दिरा लम्साल अधिकारीले ५ सय ८६ मत ल्याएकी छन् । दूधपोखरी गाउँपालिका १ मा कांग्रेसका दुर्गामान गुरुङले ४ सय ८१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् ।

माओवादी केन्द्रतर्फ राइनास नगरपालिका १ मा विष्णु पौडेलले ३ सय ५८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका बलराम घिमिरेले २ सय ३९ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिका २ मा माओवादी केन्द्रका अमर गुरुङले ६ सय ६८ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् । प्रतिद्वन्द्वी मंगोल नेश्नल अर्गनाइजेसनका होमराज घलेले ३० मत र स्वतन्त्रबाट रेशमलाल भुजेलले १५ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?