१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बुटवल-२ को वडाध्यक्षमा समाजवादीका शाक्य निर्वाचित

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिका २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुनिल शाक्य निर्वाचित भएका छन् । उनी ९ सय २ मत ल्याएर विजयी भएका हुन् ।

बुटवल-२ को वडाध्यक्षमा समाजवादीका शाक्य निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी एमालेका रमेश नेपालले ८ सय ७१ मत ल्याए । उनले यसअघि २०७४ मा वडा अध्यक्ष जितेका थिए । वडा सदस्यहरुमा भने मिश्रित नतिजा आएको छ ।

खुला सदस्यमा एमालेका गौतमलाल शाक्य, सुमित गुरुङ र महिला सदस्य गङगा घिमिरेले जितेका छन् । दलित महिला सदस्यमा काङ्ग्रेसकी कुमारी देवी दर्नालले जितेकी छन् । यो वडामा यसअघि एमालेको प्यानलले नै जितेको थियो।

प्रकाशित : जेष्ठ १, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?