कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

मोहन शाही

डोटी — डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो ।

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् । उक्त पालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एउटामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

प्रकाशित : जेष्ठ १, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?