कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस र एमालेको विवादपछि चिचिला गाउँपालिकाको मतगणना स्थगित

दीपेन्द्र शाक्य

संखुवासभा — चिचिला गाउँपालिकामा मतगणना जारी हुँदा कांग्रेस र एमालेका प्रतिनिधिहरूको विवादवछि मतगणना स्थगित भएको छ ।

कांग्रेस र एमालेको विवादपछि चिचिला गाउँपालिकाको मतगणना स्थगित

कांग्रेस र एमालेका तर्फबाट एजेन्ट बसेका शिक्षकहरूबीच विवाद भएपछि उम्मेदवार र एजेन्ट मतगणना स्थलबाट हिँडेका थिए । शनिबार दिउँसोबाट नै मतगणना स्थगित भएको हो ।

चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माका अनुसार शनिबार दिनभर सहमति नजुटेपछि अझै मतगणना सुरु हुन सकेको छैन ।

बाकसबाट खन्याइएको मतपत्र प्रहरी र कर्मचारीको रोहबरमा फेरि मतपेटिकाभित्र राखेर सिल गरिएको छ । सहमतिका लागि छलफल भइरहेको बताइए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

यद्यपि प्रमुख जिल्ला अधिकारी नूरहरि हतिवडाले पनि सहमतिका लागि पहल नगरेको भन्दै टिप्पणी हुन थालेको छ । चिचिलामा वडा नम्बर १ र २ को मतगणना सकिएको छ। यी दुई वटै वडामा नेपाली कांग्रेसले जितेको छ।

चिचिला गाउँपालिकामा हालसम्म नेपाली कांग्रेसको अग्रता छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पा ५०९ मत ल्याएर अग्रता लिएका छन्।

नेकपा माओवादीका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकी मनकला राईले ४९८ मत ल्याएकी छन् भने नेकपामा ओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमाले विष्णुकुमारी राईले २७३ मत ल्याएकी छन्।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?