कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् । 

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् ।

अध्यक्ष र उपाध्यक्षसँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।

वडाध्यक्षतर्फ नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल विजयी भएका छन् । कँडेलले १ हजार ३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यबहादुर कुँवरले ८ सय ८२ मत ल्याएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा ८ सय ९० मतका सात कांग्रेसका रामबहादुर थापा विजयी हुँदा एमालेका सुमनकाकीले ५ सय ८२ मत प्राप्त गरे ।

कांग्रेसकै मुकेश थापा वडा नम्बर ६ मा ५ सय ८२ मतका साथ विजयी भए भने एमालेका बालसिं बस्नेतले ३ सय २६ मत ल्याए । वडा नम्बर ७ मा शालिकराम टण्डनले ९ सय ५४ मत प्राप्त गर्दा एमालेका शेरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार विजयी भएका वडामध्ये वडा नम्बर २ मा विष्णुप्रसाद गौतम १ हजार १ सय ६७ मतले विजयी हुँदा कांग्रेसका केसर सिं सारुले ८ सय ९३ मत प्राप्राप्त गरे । वडा नम्बर ४ मा देविराम पोख्रेल १ हजार २ सय ५२ मतका साथ विजयी हुँदा कांग्रेसका चित्रबहादुर डम्बरपालले १ हजार १ सय १९ मत प्राप्त गरे । त्यस्तै वडा नम्बर ५ को अध्यक्षमा ७ सय ६१ मत ल्याएर गुणानिधि पौडेल निर्वाचित हुँदा कांग्रेसका लिलाबहादुर बलाल मगरले ५ सय ८ मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?