१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फालेलुङ-१ मा वडाध्यक्षसहित चार स्वतन्त्र उम्मेदवार विजयी

पाँचथर — पाँचथरको फालेलुङ गाँउपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेक बहादुर गुरागाइँ (अनिश) विजयी भएका छन् । नेपाली कांग्रेसका युवा नेताका रुपमा रहेका गुरागाइँ सत्ता गठबन्धनका श्रीप्रसाद जवगुलाई हराउँदै विजयी भएका हुन् ।

फालेलुङ-१ मा वडाध्यक्षसहित चार स्वतन्त्र उम्मेदवार विजयी

वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । गुरागाइँले जवगुलाई ७६ मत अन्तरले हराएका थिए । गुरागाइँले ३ सय ९५ मत प्राप्त गर्दा जवेगुले ३ सय १९ मतप्राप्त गरे ।

महिला सदस्य नेकपा एकीकृत समाजवादीकी उम्मेदवारले जितेकी छन् भने बाँकी स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?