पाँचथरका अधिकांश पालिकामा गठबन्धन अगाडि

काठमाडौँ — पाँचथरका आठवटै स्थानीय तहमा मत गणना भइरहेको छ । ६० मध्ये १० वडाहरुमा परिणाम आइसकेको छ भने ५० स्थानको गणना जारी छ ।

पाँचथरका अधिकांश पालिकामा गठबन्धन अगाडि

हालसम्म प्राप्त नतिजा अनुसार फिदिम नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका मेयर उम्मेदवार मित्रप्रसाद काफ्ले २०१८ मतसहित अगाडि छन् । नेकपा एमालेका मेयर उम्मेदवार पृथ्वी लावती १६२७ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै फिदिमको उपमेयरमा माओवादीका राधाकृष्ण न्यौपाने १७९५ मतसहित अगाडि छन् । राप्रपाका जगतप्रसाद थापा १४१० मतसहित दोस्रो स्थानमा छन् ।

मिक्लाजुङ गाँउपालिकामा माओवादी केन्द्र अगाडि छ । जहाँ अध्यक्षमा माओवादीका उम्मेदवार अमरराज माखिम ८६० मतका साथ अग्रस्थानमा छन् । एमालेका उम्मेदवार नरेन्द्र बस्नेत ८३१ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी धनकुमारी मगर ६६१ मतसहित अगाडि छिन् भने कांग्रेसका सन्तकुमार सेर्मा ५३२ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै याङवरक गाँउपालिका एमाले अगाडि छ । जहाँ अध्यक्ष पदमा एमालेका भीमबहादुर योङया ५२० मतसहित अगाडि छन् । कांग्रेसका मविन्द्र योङया ४६९ मतसहित दोस्रो स्थानमा छन् ।

उपाध्यक्ष एमालेका बाबा मेन्याङवो ५०९ मतसहित अगाडि छन् । माओवादीका अर्जुन बेघा ४६९ मतसहित अगाडि छन् । फाल्गुनन्द गाँउपालिकामा कांग्रेस अगाडि छ । यहाँ अध्यक्षमा कांग्रेसका बृजाहाङ आङदेम्वे १६०४ मतसहित अगाडि छन् । एमालेका वीरबहादुर कुरुम्वाङ ११०८ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै उपाध्यक्षमा माओवादीका ठाकुरसिंह नेम्वाङ १४८३ मतसहित अगाडि छन् । एमालेकी वविता नेम्वाङ १००७ मतसहित दोस्रो स्थानमा छिन् । फालेलुङ गाउँपालिकामा कांग्रेस अगाडि छ । यहाँ अध्यक्षमा कांग्रेसका वीरबिक्रम थाम्सुहाङ १०७७ मतसहित अगाडि छन् । एमालेका जयप्रकाश केरुङ ७१५ मतसहित दोस्रो स्थानमा छन् ।

उपाध्यक्षमा माओवादीका महेन्द्रहाङ जगेगु १०८१ मतसहित अगाडि छन् भने एमालेकी सुजाता वान्तवा एमाले ६०८ मतसहित दोस्रो स्थानमा छिन् । यस्तै तुम्वेवा गाँउपालिकामा एमाले र हिलिहाङ गाँउपालिकामा कांग्रेस अगाडि छन् । यस्तै कुम्मायक गाउँपालिकामा कांग्रेस अगाडि छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?