झापामा कांग्रेस र एमाले तीन/तीन वडामा विजयी

अर्जुन राजवंशी

बिर्तामोड — झापामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार तीन/तीन वडामा निर्वाचित भएका छन् । कांग्रेस र एमालेका उम्मेदवारहरू प्यानलसहित विजयी भएका हुन् ।

झापामा कांग्रेस र एमाले तीन/तीन वडामा विजयी

कांग्रेसका बाह्रदशी गाउँपालिका १ का उम्मेदवार टेकबहादुरसिंह राजवंशी नेतृत्वको प्यानल, कमल गाउँपालिका १ वडाअध्यक्ष उम्मेदवार केदार कटुवाल नेतृत्वको प्यानल र कचनकवल गाउँपालिका १ का वडाअध्यक्ष उम्मेदवार महावीर लिम्बु नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

एमालेका वडाअध्यक्ष उम्मेदवारहरू भद्रपुर नगरपालिका १ का रामप्रसाद अधिकारी, शिवसताक्षी नगरपालिका १ का लक्ष्मीप्रसाद चेम्जोङ र दमक नगरपालिका १ का हरिप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?