१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बुटवल उपमहानगरमा गठबन्धनको अग्रता

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता लिएको छ। बुटवलमा उपमहानगरपालिकाको आइतबार ७ बजेसम्म ४ हजार ८ सय मत गणना भएकोमा सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले दोब्बर मतले अग्रता लिएका हुन् ।

बुटवल उपमहानगरमा गठबन्धनको अग्रता

कांग्रेसका पाण्डेयले २ हजार २ सय १४ मत प्राप्त गर्दा एमालेका बाबुराम भट्टराईले १ हजार ३ सय १२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालले १ हजार ४ सय ८२ मत ल्याएकी छन् । उपमेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २ सय ८१ मत पाएका छन् ।

बुटवलमा उपमहानगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नम्बर २ र ३ को मतगणना भइरहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?