अघिल्लो चुनावमा गाउँपालिका अध्यक्षमा पराजित भएका गुरुङ वडा अध्यक्षमा निर्वाचित
धादिङ — २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका ठाकुर गुरुङ वडा अध्यक्षमा विजयी भएका छन् ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले ६ सय ३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीहरू माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगरले ४ सय ११ मत ल्याए भने एमालेका ईश्वर थापा मगरले १ सय ९ मत ल्याएका थिए ।
गुरुङ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । १ हजार ५ सय १० मत ल्याएका उनी तेस्रो भएका थिए ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षको उम्मेदवार बनेर पराजित भएका उनी यस पटक भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमानिर्वाचित भएका हुन् ।
प्रकाशित : जेष्ठ १, २०७९ ०६:३५