२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राप्रपाको गढमा कांग्रेसका वडाध्यक्षसहित प्यानलै विजयी

पर्वत पोर्तेल

झापा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र कचनकवल १ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ । यो गाउँपालिका राप्रपाको गढ मानिन्छ । 

राप्रपाको गढमा कांग्रेसका वडाध्यक्षसहित प्यानलै विजयी

महावीर लिम्बू वडाध्यक्षमा निर्वाचित भए । उनले १ हजार ४ सय ४२ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरे । वडा सदस्यमा अन्तप्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भए । महिला सदस्यमा सञ्जावती राजवंशी र दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भए ।

यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको तालमेल थियो ।


प्रकाशित : जेष्ठ १, २०७९ ०५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?