२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नुवाकोट विदुरमा गठबन्धनका उम्मेदवार श्रेष्ठको अग्रता

काठमाडौँ — नुवाकोट विदुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार श्रेष्ठले १ हजार ४२७ मत प्राप्त गरेका छन् ।

नुवाकोट विदुरमा गठबन्धनका उम्मेदवार श्रेष्ठको अग्रता

कांग्रेस नेता श्रेष्ठका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का सन्जु पण्डितले १ हजार ११५ मत पाएका छन् ।

तर उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछि परेका छन् । उपमेयरमा एमालेकी अम्बिका पौडेल ९८८ मतसहित अगाडि छन् भने गठबन्धनबाट उपमेयरकी उम्मेदवार मा‌ओवादी नेता प्रभा बोगटीले ९८१ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार सुशीला खड्काले ४३ र उपमेयरमा कुलबहादुर खड्गेले २ सय मत प्राप्त गरेका छन् ।


प्रकाशित : जेष्ठ १, २०७९ ०४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?