भरतपुरमा दाहालको अग्रता कायमै

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतका साथ अग्रता बनाएकी हुन् ।

भरतपुरमा दाहालको अग्रता कायमै

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी विजय सुवेदीले ५१९ मत प्राप्त गरी दाहाललाई पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १८८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले ४७८ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उपप्रमुखकी प्रत्याशी हिमला गुरुङले ३६७ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ००:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?