पोखरा महानगरमा एमालेको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

पोखरा महानगरमा एमालेको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् ।

त्यस्तै गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरका प्रत्याशीले १०९ मतका साथ थापालाई पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ११ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ००:१०
प्रतिक्रिया
पठाउनुहोस्

झापाको मेचीनगरमा मतगणना अवरुद्ध

पर्वत पाेर्तेल

काठमाडौँ — झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो ।

मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा दलहरूबीच विवाद भएपछि गणना स्थगित गर्नु परेको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिए ।

माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि मतपेटिकाबाट बाहिर निकालिसकेका ३०० मतपत्र गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×