झापाको मेचीनगरमा मतगणना अवरुद्ध

काठमाडौँ — झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो ।
मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा दलहरूबीच विवाद भएपछि गणना स्थगित गर्नु परेको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिए ।
माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि मतपेटिकाबाट बाहिर निकालिसकेका ३०० मतपत्र गणना गर्न बाँकी रहेको छ ।
प्रकाशित : वैशाख ३१, २०७९ २३:३३