३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रूपन्देहीको देवदह र तिलोत्तमा नगरपालिकामा एमालेको अग्रता

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदह र तिलोत्तमा नगरपालिकामा एमालेले अग्रता लिएको छ । देवदह नगरपालिकामा २ हजार २ सय ५० मतगणना हुँदा एमालेका प्रमुखका उम्मेदवार ध्रुव खरेलले ८ सय ३४ मत ल्याएका छन् । 

रूपन्देहीको देवदह र तिलोत्तमा नगरपालिकामा एमालेको अग्रता

नेपाली कांग्रेसका हिरा केसीले ७ सय ५६ मत उपप्रमुखमा पनि एमालेका तर्फबाट उम्मेदवार विद्यालक्ष्मी गुरूङ ८ सय ८४ मतसहित अगाडि छन् । उपप्रमुखमा माओवादी केन्द्रकी सुन्दरी गिरीले ५ सय ६४ मत प्राप्त गरेकी छन् ।

तिलोत्तमा नगरपालिकामा पनि प्रमुखमा एमालेका मोहन चापागाईंले अग्रता लिएका छन् । त्यहाँको १ हजार १ सय १ मतगणना हुँदा चापागाईंले ४ सय ७३ मत ल्याएका छन् । कांग्रेसका रामकृष्ण खाँणले ४ सय ३५ मतसहित पछ्याएका छन् ।

उपप्रमुखमा पनि एमालेकी जागेश्वरी चौधरीले ४ सय ३५ मतसहित अग्रता लिएकी छन् । उपप्रमुखमा माओवादी केन्द्रका हेमन्त पाण्डेले १ सय ८० मत ल्याएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?