रेसुंगाको मेयर, उपमेयरमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसुंगाको मेयर, उपमेयरमा कांग्रेस विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् । उनले ८ हजार ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

रेसुंगा नगरपालिकाका १४ वडामध्ये कांग्रेसले १० र एमालेले ४ वडामा अध्यक्ष पद जितेका छन् । कांग्रेसका तर्फबाट वडा नं. २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं. १४ मा धनबहादुर पुन विजयी भएका छन् ।

त्यस्तै एमालेबाट वडा नं. १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ, ८ मा निरञ्जन थापा र ११ मा खुमबहादुर राना विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्

रामेछापको दोरम्बा शैलुङमा मतगणनास्थल तनाव, ४ राउन्ड हवाई फायर 

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा मतगणनाको क्रममा तनावको स्थिति सिर्जना भएको छ । मतगणनास्थानमा बिजुली गएपछि गणना केन्द्र बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गरेका थिए । ढुंगा हान्दै भिड ढोकाबाट अघि बढ्न खोजेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार मतगणनास्थानका लागिमात्र बत्ति पुग्ने एमसीभी भए पनि बाहिर बस्ने सर्वसाधारण लाइन दिँदा खपत बढ्न गई एमसीभी झरेको थियो । बत्ति निम्नेबित्तिकै इन्भर्टरको बिजुली सप्लाई गरे पनि बाहिरबाट हो-हल्ला नरोकिएकोले स्थिति असहज बनेको थियो ।

बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकसहित केही प्रहरीलाई लागेको पहाडीले बताए । ‘अहिले अवस्था सामान्य भइसकेको र मतगणना जारी रहेको छ ,’ पहाडीले भने ।


प्रकाशित : वैशाख ३१, २०७९ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×