कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामेछापको दोरम्बा शैलुङमा मतगणनास्थल तनाव, ४ राउन्ड हवाई फायर 

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा मतगणनाको क्रममा तनावको स्थिति सिर्जना भएको छ । मतगणनास्थानमा बिजुली गएपछि गणना केन्द्र बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गरेका थिए । ढुंगा हान्दै भिड ढोकाबाट अघि बढ्न खोजेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार मतगणनास्थानका लागिमात्र बत्ति पुग्ने एमसीभी भए पनि बाहिर बस्ने सर्वसाधारण लाइन दिँदा खपत बढ्न गई एमसीभी झरेको थियो । बत्ति निम्नेबित्तिकै इन्भर्टरको बिजुली सप्लाई गरे पनि बाहिरबाट हो-हल्ला नरोकिएकोले स्थिति असहज बनेको थियो ।

बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकसहित केही प्रहरीलाई लागेको पहाडीले बताए । ‘अहिले अवस्था सामान्य भइसकेको र मतगणना जारी रहेको छ ,’ पहाडीले भने ।


प्रकाशित : वैशाख ३१, २०७९ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?