कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाजुरामा आइतबार आयोगको टोली जाँदै

काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकामा शनिबार निर्वाचन हुन नसकेपछि निर्वाचन आयोगले आयुक्तको नेतृत्वमा एउटा टोली अनुगमनको लागि पठाउने भएको छ ।

बाजुरामा आइतबार आयोगको टोली जाँदै

आयोगले निर्वाचन हुन नसक्नुको वास्तविकता बुझ्न आयुक्त सगुन शम्शेर जबराको नेतृत्वमा आइतबार टोली पठाउन लागेको हो ।

बुढीगंगामा निर्वाचन गराउन २१ वटा मतदान केन्द्र तय गरिएको थियो । निर्वाचन गराउन सम्पूर्ण तयारी भएपनि सुरक्षाकर्मी समेत नराखी निर्वाचन अधिकृतले निर्वाचन स्थिगित गराउन नसक्ने गरी एकपक्षिय मतदान भएको जानकारी आयोगमा आएको थियो ।

‘सिंगो नगरपालिकामा नै निर्वाचन हुन सकेन । त्यसैले वास्तविकता बुझन आयोगको टोली जान लागेको हो, ’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

बाजुरामा पुन: मतदान गर्न मतपत्र र अन्य निर्वाचन सामाग्री पठाउनु पर्ने भएकाले १० गतेभित्र निर्वाचन गर्ने योजना रहेको उनले बताए । आयोगले बुढीगंगा नगरपालिकाको मतपत्र पुनः डिजाइन गरेर छाप्नु पर्ने हुन्छ । यसअघि पुरै जिल्लाको एउटै मतपत्र थियो । अब नगरपालिकाको मात्रै छुट्टै मतपत्र छापिनेछ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?