कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाको बिर्तामोडमा रोकियो मतगणना

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकामा मतगणना कार्य रोकिएको छ । मतगणनामा खटाइएका करार कर्मचारीलाई हटाउनुपर्ने आवाज उठेपछि साँझ ८ बजेपछिबाट गणना रोकिएको हो ।

झापाको बिर्तामोडमा रोकियो मतगणना

बिर्तामोडमा शनिबार दिउँसोबाट मतगणना कार्यमा तनावको अवस्था सिर्जना भइरहेको छ । बिर्तामोडमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा छ । तर, मेयर-उपमेयर पदमा भने एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । गठबन्धनले करार कर्मचारी नहटाए गणना कार्य अघि बढ्न नदिने अडान राखेको छ ।

‘थोरै समस्या देखिएको छ । हामी छलफल गरेर समाधान गर्ने प्रयास गरिरहेका छौं । रोकिएको गणना कार्य छिट्टै सुचारु गर्ने प्रयास भइरहेको छ‚’ नगरपालिकाका निर्वाचन अधिकृत डम्बर काफ्लेले बताए । यसअघि बेलुका साढे ५ बजेतिर निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएको भन्दै गठबन्धनका कार्यकर्ताले विरोध जनाएका थिए । विरोधका कारण नगरपालिका अगाडिको अवस्था तनावपूर्ण बनेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?